एनआइसी एसिया बैंक लिमिटेडले आइएमर्ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चन्द्र भट्टले हस्ताक्षर गरेका थिए ।

सम्झौताअनुसार बैंकका ग्राहकले देशभर फैलिएका २ सय ७० वटै शाखाबाट सहज रूपमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको जीवनबीमा पोलिसीहरू खरिद गर्न सक्नेछन् । बैंकले देशभरमा २ सय ७० शाखा, २ सय ८५ एटिएम, ३७ एक्स्टेन्सन काउन्टर एवं २० शाखारहित बैंकिङ इकाइमार्फत सेवा प्रदान गरिरहेको छ । एनआइसी एसिया बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएकोबैंक हुन सफल भएको दाबी गरिएको छ ।
