रजनीकान्त ६८ वर्षमा - Naya Patrika
eNaya Patrika
  • ePaper

रजनीकान्त ६८ वर्षमा

साउथ फिल्मका सुपरस्टार रजनीकान्त १२ डिसेम्बरमा ६८ वर्षका भए । उनले तमिल, तेलगुदेखि लिएर हिन्दी सिनेमामा राम्रो छाप छाडे । आजसम्म पनि रजनीकान्त कुनै कार्यक्रम वा कुनै फिल्मी माहोल या कुनै फिल्मको प्रमोसनमा जाँदा साधारण पहिरनमा देखिन्छन् ।


रजनीकान्त हालै एक कार्यक्रममा खुइलेको तालु र सेतै दाह्रीमा देखिएका थिए । उनले आफ्नो असली लुक्सलाई लुकाउने कोसिस गरेका थिएनन् । यो प्रसंग फिल्म ‘कबाली’को प्रमोसनको दौरान देखिएको थियो । यो फिल्म चेन्नईको एक डनको कहानीमा आधारित छ । रजनीकान्त ६८ वर्षका त भए । तर, उनी आफूभन्दा आधा उमेर कान्छी हिरोइनका साथ मुख्य भूमिकामा देखिन्छन् ।

आमजीवनमा रजनीकान्त असली रूप लुकाउने कोसिस गर्दैनन् । उनी अनुहारमा कहिल्यै मुखौटा लगाउँदैनन् । रजनीकान्त पार्टीहरूमा पनि साधारण पहिरनमा देखिन्छन् । पछिल्ला केही वर्षदेखि उनको स्वास्थ्यमा समस्या देखिएकोे छ । बिरामीपछि उनी ज्यादा बूढो देखिएका छन् । ‘२.०’का लागि पनि उनी तयार थिएनन् । निर्देशकले सम्झाएपछि फिल्ममा साइन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु