कालो ओठ गुलाबी बनाउन यसो गर्नुहोस्

नयाँ पत्रिकाNaya Parkashan Pvt. Ltd. Star Mall, Putalisadak, Kathmandu Nepal Phone: +977 1 4012566 | 4012666 Fax : +977 1 4012569 Email: [email protected]

स्वास्थ्य र जीवनशैली

अक्सर चुरोट पिउने मानिसको ओठ कालो हुन्छ भनिन्छ । जे भए तापनि धेरै मानिस ओठ कालो भएका कारणको समाधान खोजिराखेका हुन्छन् । त्यस्तै, जाडोमा ओठ फुट्ने समस्या पनि उत्तिकै हुन्छ । यस्ता समस्याबाट छुटकारा पाउन यी चिजको उपयोग गर्न सकिन्छ :

खाने सोडा
खाने (बेकिङ) सोडामा केही तेल मिलाउनुहोस् । अनि, ओठमा लगाएर १०–१५ मिनेटजति मल्नुहोस् ।
चिनी
एक चम्चा चिनीमा आधा चम्चा मह मिसाएर ओठको मसाज गर्नुहोस् । दुई मिनेटपछि यसलाई मनतातो पानीले धुनुहोस् ।
मह
दुई चम्चा चिनीमा आधा चम्चा मह, वनिला एसेन्स र आधा चम्चा जैतुनको तेल मिलाउनुहोस् । केही बेरपछि ओठमा मसाज गर्नुहोस् । तपाईंको ओठ नरम हुनेछ ।
जैतुनको तेल
एक चम्चा चिनीमा केही थोपा जैतुनको तेल मिसाएर लगाउनुहोस् । यसले ओठ फुटेको निको हुन्छ ।