परराष्ट्र मन्त्रालयको वार्षिक प्रतिवेदन : १६१ देशसँग कूटनीतिक सम्बन्ध - Naya Patrika
eNaya Patrika
  • ePaper

परराष्ट्र मन्त्रालयको वार्षिक प्रतिवेदन : १६१ देशसँग कूटनीतिक सम्बन्ध

नेपालले हालसम्म संयुक्त राष्ट्रसंघका १९३ सदस्यमध्ये १६१ मुलुकसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको छ । सन् २०१८ मा मात्रै नेपालले १३ देशसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको छ । परराष्ट्र मन्त्रालयद्वारा प्रकाशित सन् २०१७/२०१८ को वार्षिक प्रतिवेदनअनुसार हालसम्म नेपालका ३० देशमा दूतावास, ३ संयुक्त राष्ट्रसंघीय स्थायी नियोग, ६ महावाणिज्य दूतावास तथा ७१ वटा अवैतनिक महावाणिज्य दूतावास सञ्चालनमा छन् ।

प्रतिवेदनमा हालसम्म सबैभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) भारतबाट प्राप्त भएको उल्लेख छ । नेपालमा भारतको एफडिआइ ८० अर्ब ९३ करोड रुपैयाँ छ । अर्को छिमेकी चीन (हङ्कङसमेत)को भने २५ अर्ब कम छ । चीनको जम्मा ५५ अर्ब ३५ करोड एफडिआई देखिएको छ ।

प्रतिवेदनमा हालसम्म नेपाललाई बहुपक्षीय तथा द्विपक्षीय गरी विकास सहायता जम्मा १ अर्ब ३९ करोड ४६ लाख अमेरिकी डलर आएको उल्लेख छ । बहुपक्षीयअन्तर्गत विश्वबैंकबाट ३४ करोड ५९ लाख ७० हजार डलर, एसियाली विकास बैंकबाट २५ करोड ३९ लाख, युएन कन्ट्री टिमबाट १२ करोड, युरोपियन युनियनबाट ८ करोड ३८ लाख ९० हजार, अमेरिकी लगानीको आइएफएडीबाट १ करोड १५ लाख ६० हजार डलर आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु