नेकपाका नेता वामदेव गौतमले नयाँ पत्रिका दैनिकलाई अन्तर्वार्ता नै नदिएको झुटो दाबी गर्दै खण्डनको प्रयास गरेका छन् ।
नयाँ पत्रिका दैनिकमा ‘मेरो प्रस्ताव कन्टेनरमा फालियो, कम्पनी खोलेर विकास गर्छु’ शीर्षकमा बुधबार प्रकाशित बक्स अन्तर्वार्ताका कुरा आफूले बोल्दै नबोलेको दाबी गर्दै गौतमले खण्डन गरेका हुन् । तर, उनले नयाँ पत्रिकासँग गरेको संवादको अडियो लिंक जस्ताको तस्तै यहाँ प्रस्तुत गरिएको छ ।
