उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व सम्पन्न भएको छ । बर्तालुले आज उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरी पूजार्चना गरेका छन् । व्रतालु काठमाडौं स्थित गौरीघाटको पोखरीमा अर्घ्य सामग्री लिई सूर्यलाई पूजा अर्चना गरेका हुन् । अर्घ्य सामग्रीमा ठकुवा, कसार, केरा, उखु, मेवा–मिष्ठान, गेडागुडी, कन्दमूल र विभिन्न वनस्पति राख्ने परम्परा रहेको छ ।

