जनप्रतिनिधि सिक्दैछन् भाेट हाल्ने तरिका - Naya Patrika
eNaya Patrika
  • ePaper

जनप्रतिनिधि सिक्दैछन् भाेट हाल्ने तरिका

राष्ट्रिय सभा निर्वाचनका लागि तेह्रथुमका जनप्रतिनिधिलाई मतदान गर्ने विधिसम्बन्धी जानकारी दिइएको छ ।

जिल्ला निर्वाचन कार्यालयले स्थानीय तहका अध्यक्ष र उपाध्यक्ष, प्रमुख र उपप्रमुख तथा प्रदेश सभाका सदस्यलाई राष्ट्रिय सभा निर्वाचन, निर्वाचन प्रणाली, मतदान गर्ने तरिका, मतपत्रलगायत विषयमा प्रशिक्षण दिएको हो ।

उनीहरूलाई एकल संक्रमणीय प्रणालीका बारेमा जानकारी दिइएको छ । तर, यहाँका मतदाताले त्यसको अभ्यास गर्न भने पाउनेछैनन् ।

यसका लागि कम्तीमा तीनजना उम्मेदवार हुनुपर्ने भए पनि प्रदेश १ मा दुईजना मात्रै उम्मेदवार भएकाले अभ्यास नहुने निश्चित भएको प्रतिनिधिसभा सदस्य भवानीप्रसाद खापुङले बताए ।

प्रदेश १ मा खुलातर्फ सबै निर्विरोध निर्वाचित भइसकेका छन् भने दलिततर्फ नेपाली कांग्रेसका बिनकुमार विश्वकर्मा र नेकपा (एमाले)का खेमराज नेपाली तथा अपांग/अल्पसंख्यकतर्फ कांग्रेसका महेशकुमार जाजू र एमालेका अगमप्रसाद बान्तवा राई प्रतिस्पर्धी छन् ।

सञ्चारमाध्यमबाट सूचना प्रवाह गरिरहेको भए पनि मत बदर नहोस् भनेर प्रशिक्षण कार्यक्रम आयोजना गरेरै जानकारी दिइएको जिल्ला निर्वाचन अधिकारी निर्मलकुमार राईले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु