एक नम्बर प्रदेशको कार्यालयमा तीन सचिव सहित १५ कर्मचारी - Naya Patrika
eNaya Patrika
  • ePaper

एक नम्बर प्रदेशको कार्यालयमा तीन सचिव सहित १५ कर्मचारी

सरकारले एक नम्बर प्रदेश प्रमुखको कार्यालयमा एक सहसचिब दुई उपसचिव र चार अधिकृत सहित १५ जना कर्मचारी खटाएको छ ।

समान्य प्रशासन मन्त्रालयका अनुसार एक नम्बर प्रदेश प्रमुखकालागि सचिवको भुमिकामा काम गर्ने गरि सहसचिव रामकृष्ण गुरागाई र उपसचिवहरु गोपीप्रसाद घिमिरे र चन्द्रप्रसाद फुँयाल सहित ४ शाखा अधिकृत र ८ जना अन्य बिभिन्न कर्मचारीहरुलाई खटाएको हो ।

एक नम्बर प्रदेश प्रमुखको खटिएका शाखा अधिकृतहरुमा ऋषिकेश तिम्सिना, पुष्पबहादुर थापा, गोबिन्द प्रसाद निरौला र चुडामणी भट्टराई छन ।

कर्मचारीहरुमा नासु अमृत भट्टराई, चुडामणी गौतम, कम्प्युटर अपरेटर कोमल दाहाल, हलुका सवारी चालक सहदेब कार्की र शिव शंकर मण्डल अनि कार्यालय सहयोगीहरु निर्मला काफले, तेजबहादुर कार्की र केदारकुमार राय छन ।

एक नम्बर प्रदेश प्रमुखको कार्यालय बिराटनगर १० स्थित सोमवारे हाट स्थित क्षेत्रिय पशु सेवा निर्देशनालयलाई कायम गरिएको छ । प्रदेश प्रमुख प्राडा गोबिन्दबहादुर तुम्वाहाङले आफनो कार्यकक्षमा पुगेर पदभार ग्रहण गरिसकेका छन् ।

सरकारले प्रदेश प्रमुखको कार्यालयकालागि कर्मचारी तोकिसकेपनि हाल कायम गरहेको क्षेत्रिय पशु सेवा निर्देशानलय कहाँ सार्ने र कर्मचारीहरु कता जाने भन्ने कुनै परिपत्र भने भएको छैन ।

जिल्ला प्रशासन कार्यालय मोरंगका अनुसार हाल कायम भएको प्रदेश प्रमुखको कार्यालय असुरक्षित हुने ठानेर उत्तरतर्फ बिराटनगर ३ पोखरीया क्षेत्रमा रहेको क्षेत्रिय बन कार्यालयमा सार्ने तैयारी गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु